
काठमाडौँ – चर्को विरोध र आलोचना भएपछि बुद्ध एयरले भाडादर घटाएको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आन्तरिक हवाई भाडादर घटाएको हो । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप आजदेखि अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ ।
बुद्ध एयरले सार्वजनिक गरेको सूचना अनुसार यसअघि १४ हजार १ सय २५ रहेको काठमाडौँ-धनगढीको अधिकतम हवाई भाडादर घटाएर अहिले ७ हजार ९ सय कायम गरिएको छ । यस्तै काठमाडौँ-विराटनगरको ५ हजार ५ सय, काठमाडौँ-भैरहवाको ४ हजार ९ सय, काठमाडौँ-नेपालगञ्जको ६ हजार ३ सय , काठमाडौँ-भद्रपुरको ६ हजार २ सय, काठमाडौँ-पोखराको ३ हजार ७ सय र काठमाडौँ-राजविराजको ४ हजार २ सय अधिकतम भाडादर कायम गरिएको बुद्ध एयरले जनाएको छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्