काठमाडौं – सेन्ट्रल फाइनान्सले आफ्नो सेयरधनीलाई ७% नगद लाभांश बैंक खातामा पठाउन थालेको छ । कम्पनीको फागुन ११ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त पारित भएको नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन थलेको हो ।
कम्पनीले माघ २८ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा जम्मा गरिदिने भएको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।