Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंकद्वारा देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयलाई १२२ थान पोशाख हस्तान्तरण

अर्थ सरोकार

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवन स्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयका लिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाख हस्तान्तरण गरेको छ । 
विद्यालयको २६औं वार्षिकउत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाख बैंकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । 
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK