×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकद्वारा महोत्तरीको श्री जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंकद्वारा महोत्तरीको श्री जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिटिजन्स बैंक लिमिटेडले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित श्री जनता आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो। यस विद्यालयले स्थापना काल देखिनै त्यस क्षेत्र भित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाई ज्ञानको ज्योति छर्दै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस् भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको छ । 
नेपाल सरकारले अवलम्बन गरेको’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलितर दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: