×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र इएमक्यूबीच रेमिटान्स कारोबार सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफर र इएमक्यूबीच रेमिटान्स कारोबार सम्झौता

Artha Sarokar

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका हुन् । 
सम्झौता अनुसार जापान, युएई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका हुन् । नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी