×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ‘सिएसआर’: भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंकको ‘सिएसआर’: भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर हस्तान्तरण

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सिटिजन्स बैंकले पाल्पा जिल्लाको रैनादेवी छहरा-४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर दिएको छ ।
निमुखा, गरीब र कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको बताइएको छ ।
सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम सँग यस पुस्तालाई साक्षात्कार गराउन यो कदम फलदायी हुने विद्यालय प्रशासनको भनाई छ । सहयोगले विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरुको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: