Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको १११ औं शाखा बाङ्गेमुढामा, तामाङ र शाक्यद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – सिभिल बैंकले काठमाडौंको बाङ्गेमुढामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष इच्छाराज तामाङ र काठमाडौं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले उद्घाटन गरे ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भुरुङ्गखेलमा रहेको प्रभात माध्यमिक विद्यालयलाई कक्षा कोठा मर्मतसम्भार तथा सजावटका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ । रकम बैंकका अध्यक्ष तामाङले विद्यालयकी प्रतिनिधि सुरभी श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सिभिल बैंकको हालसम्म नेपालभर १११ वटा शाखा रहेका छन्। ४ लाख ३० हजारभन्दा बढी ग्राहक रहेको, करिब ५३ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरि करिब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK