×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

GLOBAL IME BANK
SHREE KESH

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ ।
सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर ६.९८ प्रतिशतमा सो कर्जा सुबिधा प्रदान गरिने छ ।
बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: