×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियापछि यूएईबाट पनि आयो दुखद् खबर, थप दुई नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार

PRIME CA

अष्ट्रेलियापछि यूएईबाट पनि आयो दुखद् खबर, थप दुई नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी !

काठमाडौं । अष्ट्रेलियापछि यूएईबाट पनि दुखद् आएको छ । थप दुई नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँको मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । कतारले नेपालीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाईरहेका बेला यस्तो दुखद् घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई संक्रमण, कतार प्रवेशमा नेपालीलाई रोक !
यता अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको हो । यता कोरोना भाइरस सर्ने डरले कतारले नेपालीहरुलाई आफ्नो देशमा प्रवेश नै रोक लगाएको छ । यसले नेपाललाई विश्वले हेर्ने दृष्टिकोणमा समेत समस्या पार्ने देखिएको छ । हालसम्म नेपालमा कसैलाई पनि कोरोना भाइरसले समातेको पुष्टी नभएका बेला विभिन्न देशले नेपाललाई कालोसूचीमा राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
सतर्कता अपनाउन सबैलाई आग्रह !
अष्ट्रेलियामा नेपालीलाई कोरोना भाइरसले समातेको खबर बाहिरिएसँगै क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ । दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । यता नेपाल सरकारले पनि कोरोना नियन्त्रणका लागि काम गरिरहेको दावी गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: