काठमाडौं – कोरोना भाइरसको नमूना परीक्षण अव उपत्यका बाहिर पनि सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यका बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण सुरु गरिएको जानकारी दिएका छन् । यसका साथै उनले अन्य क्षेत्रमा पनि चाँडै विस्तार गरिने उल्लेख गरेका छन्।
ज्ञवालीले ट्वीटरमा लेखेका छन्, ‘अत्यावश्यक स्वास्थ्य सामग्री आइपुगेका छन्। धरानबाट नमूना परीक्षण सुरू भएको छ, छिटै अन्यत्र पनि विस्तार गरिँदैछ। सीमा होलान्, तर विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारी विरुद्ध सरकार सम्पूर्ण शक्तिकासाथ लागेको छ। विनम्र अनुरोध-अहोरात्र खटिरहेकाहरूलाई साथ दिनोस्, हौसला दिनोस्।’
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ७ वटै प्रदेशमा मोबाइल ल्याब सञ्चालन गरिने बताएका थिए। आज चीनबाट मोबाइल ल्याब लगायत सामग्री आएसँगै प्रदेश पठाइने स्वास्थ्य मन्त्रालयको तयारी छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्