
काठमाडौँ । नेपालमात्र होइन पूरै विश्व कोरोना भाइरसको प्रकोपले आक्रान्त छ । यसको औसधिसमेत भेटिएको छैन । नेपाल यहि कारण पूरै लकडाउन छ । तर कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानलाई माथ खुवाउने गरी कतै नभएको जात्रा धनगढीमा देखिएको छ ।
धनगढीमा चन्दा नै उठाएर बोका किनी बोका काट्ने काम भएको छ । चन्दननाथ नगरपालिका १ को तलिचौरमा बाजागाजासहित पुजापाठ गर्दै सरकारको निर्देशनसमेत उल्लङ्घन गरेर पूजापाठ गर्ने काम भएको छ । पूजा पाठका नाममा २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा भएका छन् ।
तालिचौरका पदमबहादुर दमाइले कोरोना संक्रमण भित्रिन नदिन पञ्चबलि दिन थालेको पुष्टी गरेका छन् । ‘धार्मिक विस्वासआनुसार राँगो, खसी, कुखुरा, हाँस र माछा विधिपूर्वक पूजा आरधाना गरेका छौं। हाम्रो तलिचौरमा रहेका प्रत्येकका घर परिक्रमा गरी भगवतीदेवीको पूजा गरी पञ्चबलि दिने चलन छ।’ उनले भने, ‘यसअघिको माहमारी आउँदा पुर्खाहरुले पञ्चबलि दिएर महामारीबाट जोगिएका थिए’ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्