×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धनगढीमा कोरोना संक्रमितमाथि अमानवीय व्यवहार, कैदीलाईझैँ भोटे ताल्चा लगाएर थुनियो, उपचार पाएनन् !

धनगढी । धनगढीमा कोरोना संक्रमितमाथि हदैसम्मको अमानवीय व्यवहार गरिएको छ । उनलाई कैदीलाईझैं भोटे ताल्चा लगाएर थुनिएको छ भने उनलाई उपचार गर्न कुनै पनि डाक्टरहरु उनका अगाडी गरिरहेका छैनन् । अर्थ सरोकारको सम्पर्कमा आएका उनले आफ्नो स्थिति सामान्य रहेको र आराम गरिरहेको बताईतहेका छन् । तर उनलाई तातो पानीसमेत दिइएको छैन ।
काठमाडौँ ल्याउने तयारी !
धनगढीमा उनको उपचार गतिलो नभएको भन्दै उनलाई काठमाडौँ ल्याउने तयारी गरिएको बुझिएको छ । ‘मलाई कसैले उपचार गरेनन् । कोहि डाक्टर पनि आएनन् । मलाई कोरोना लागेकोजस्तो फील पनि भएको छैन ।’ उनले अर्थ सरोकार डटकमसँग भने, ‘मलाई अस्पतालको शवदाह छेउमै रहेको कक्षमा राखिएको छ । म एक्लै छु।’
चैत ७ गते विहान ७ बजे दिल्ली पुगेका उनी दिल्लीबाट साँझ ४ बजे काठमाडौं पुगेका थिए । ‘काठमाडौँबाट सिधै धन गढी आउन टिकट पाइन । त्यहि भएर नेपालगंजको टिकट काटें । नेपालगञ्ज विमानस्थलदेखि कोहलपुरसम्म विद्युतीय रिक्सामा पुगें। कोहलपुरबाट माइक्रोमा चढेर अत्तरियासम्म पुगे। अत्तरियाबाट बस चढेर धनगढी पुगेको थिएँ। मामाको छोरा लिन आउनुभएको थियो । घरमा माइजु मात्र हुनुहुन्थ्यो । म मामाघरमा अलग्गै कोठामा बसेको थिए । कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहेकोले कम्पनीले नै एक महिना बिदा दिएर घर पठाएको हो ।’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: