
काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकले मंगलबार अमेरिकी डलरको बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ । डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको हो । राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय २० रुपैयाँ ६० पैसा तोकेको थियो । अमेरिकी डलरको भाउ बढ्द नेपाली रुपैयाँ भने इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।
यता भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ । भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ । जसकारण भारु हालसम्मकै कमजोर भएको बताइएको छ ।
कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ । यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुनाकण भट्टले कोरोना भाइरसको त्रासका कारण पनि डलरको माग बढेर भाउ महँगो भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्