×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकले गर्यो एकैदिन ४ नयाँ शाखा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

PRIME CA
GLOBAL IME BANK

गण्डकी विकास बैंकले गर्यो एकैदिन ४ नयाँ शाखा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले एकैसाथ ४ वटा शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी शाखा विस्तार गरेको हो ।
शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका हुन् ।
त्यस्तै बालुवाखानी शाखाको उद्घाटन बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थितिमा भएको थियो भने जरंखु शाखामा बैंकका सञ्चालक किशोर ओझाले गरेका थिए । उक्त बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । 
बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: