![](https://arthasarokar.com/wp-content/uploads/2020/03/2-247.jpg)
काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८० हजार रुपैयाँ ५ सयमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६९ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।