×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर जारी गर्न कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर जारी गर्न कहिले हुँदैछ बुकक्लोज ?

Artha Sarokar

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न कम्पनीले फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । यस अनुसार, कम्पनीले उक्त हकप्रदमा फागुन २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरीसकेको छ। इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी