×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित, ‘नो अब्जेक्सन सर्टिफिकेट’ नपाउँदा विद्यार्थीहरु पनि मर्कामा !

अर्थ सरोकार

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार

PRIME CA

श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित, ‘नो अब्जेक्सन सर्टिफिकेट’ नपाउँदा विद्यार्थीहरु पनि मर्कामा !

काठमाडौं । वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिलसम्म ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने सरकारले निर्णय गरेको हो । कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘नो अब्जेक्सन सर्टिफिकेट’  नपाउँदा विद्यार्थीहरु भने मारमा परेका छन् ।
तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा पनि ३० अप्रिलसम्मका लागि स्थगित गरिएको छ । त्यस्तै विदेशीहरुलाई दिने अनअराइभल भिसा पनि ३० अप्रिलसम्मका लागि स्थगित गरिएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस रोकथामका उपायस्वरुप पर्यटक भिसा नदिने र छिमेकी मुलुक भारतसँग जोडिएका सीमानाकाहरु सीमित गर्ने निर्णय पनि गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: