×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक लकडाउन अवधिभर कहाँ कहाँ खुल्ला हुन्छ ? हेर्नुहोस् शाखाहरूको सूची

LAXMI SUNRISE BANK

कृषि विकास बैंक लकडाउन अवधिभर कहाँ कहाँ खुल्ला हुन्छ ? हेर्नुहोस् शाखाहरूको सूची

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कृषि विकास बैंकले लकडाउन अवधिभर खोल्ने आफ्नो शाखाहरूको सूची सार्वजनिक गरेको छ । बैंकले स्थानीय प्रशासन तथा प्रदेश प्रशासनसँग समन्वय गरेर दैनिक ७० देखि ८० वटासम्म शाखा सञ्चालन गर्ने लागेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिएका छन् । 
‘यो जनताको बैंक भएकोले उहाँहरू कै घर आँगन सेवा दिने हाम्रो योजना हो,’ उनले भने ‘हामीले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा दिनुपर्छ ।’ बैंकका सबै स्तरका सेवाग्राही छन् । तल्लो स्तरका सेवाग्राहीलाई सेवा दिनुपर्ने हामीले हाम्रो दायित्व महसुुस गयौं र बैंक शाखा सञ्चालन गरेका हौ ।’ आज मंगलबार र चैत १८ गतेदेशभर ७६ वटा कार्यालय खुलेका छन् । १९ गते ७८ वटा कार्यालय खुल्नेछन् । २० गते ७६, २१ गते ७३, २२ गते ८० वटा शाखा वटा कार्यालय खुल्नेछन् । २३ गते ७६ वटा शाखा र २५ गते ७४ वटा शाखा सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिए । 
त्यस्तै लक डाउनको यो अवधिमा प्रदेश १ मा दैनिक १९ शाखा खुल्ला हुनेछन् भने प्रदेश २ मा १८ वटा शाखा सञ्चालन हुनेछन् । बागमती प्रदेशमा चितवन क्षेत्रीय कार्यालयका ८ शाखासहित जम्मा १९ शाखाबाट आम ग्राहकले सेवा पाउने छन् । गण्डकी प्रदेशमा १० वटा खुल्नेछन् । प्रदेश ५ मा १२ वटा शाखा खुल्लेछ भने कर्णाली प्रदेशमा १३ वटा शाखासहित नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गत १३ वटा शाखा खुल्नेछन् । सुदुरपश्चिम प्रदेशमा भने दैनिक १२ वटा शाखा खुल्नेछन् । 
१५ लाख भन्दा ठूलो ग्राहक आधार भएको बैंकले कृषिलाई उच्च प्राथमिकतामा राख्दै सबै प्रकारका वित्तिय सेवा दिँदै आएको छ । बैंकले केन्द्र सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ र हरेक प्रदेशमा स्थापना गरिएका कोषहरुमा प्रति प्रदेश पाँच लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी