Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले गर्यो परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी

अर्थ सरोकार

काठमाडौं – कुमारी बैंकले परिवार सुरक्षा बचत खातामार्फत हालसम्म ६१ वटा दाबी भुक्तानी गरेको छ । जसमध्ये हालम्म परिवार सुरक्षा बचत खातामार्फत् बीमीत ग्राहकहरुले १३ लाख ५५ हजार १८३ रुपैयाँ दाबी रकम भुक्तानी गरिसकेको छ ।
यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकको भनाइ छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्ष मुनिका दुई बालबालिका समावेश हुने गरी स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगविरुद्ध बीमा सुविधा प्रदान गर्दै आएकोमा, विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो रहेको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK