×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय बैंकिङ : भारतको लक्ष्मी बैंकपनि एस बैंककै बाटोमा, संकट चुलिएपछि रिजर्भ बैंक ‘एक्सन’ को मुडमा !

अर्थ सरोकार

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार

PRIME CA

अन्तराष्ट्रिय बैंकिङ : भारतको लक्ष्मी बैंकपनि एस बैंककै बाटोमा, संकट चुलिएपछि रिजर्भ बैंक ‘एक्सन’ को मुडमा !

एजेन्सी । केहि समय अगाडी एस बैंक टाँट पल्टियो । लाखौँ लगानीकर्ताले लाइनमै बसेर पैसा निकाले । यसैबीच ६२ वर्षभन्दा पुरानो लक्ष्मी विलास बैंकमा अहिले आएर एस बैंकमा जस्तै संकट देखा पर्न थालेको छ । सन् १९५८ मा स्थापना भएको लक्ष्मी विलास बैंकको क्यापिटल एडिक्वसी भारतीय रिजर्व बैंकले तोकेको मापदण्डभन्दा धेरै तल आइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसले यो बैंक पनि एस बैंककै बाटोमा लागेको तर्क भारतीय सञ्चारमाध्यमहरुको छ । 
भारतीय सञ्चारमाध्यमहरुका अनुसार लक्ष्मी विलास बैंकको ९ प्रतिशत हुन पर्ने क्यापिटल एडिक्वासी ३.४६ प्रतिशतमा झरेको छ । क्यापिटल एडिक्वारी(सीएआर) मापन आफ्नो तरिका हुन्छ । सीएआर कम हुँदै गएमा बैंकले नयाँ ऋण दिन वा नयाँ शाखा खोल्न समेत पाउने छैन । भारतीय केन्द्रीय बैंकले बैंकले कडा कारबाहि गर्दै प्राम्प्ट करेन्टिव एक्सन(पीसीए) फ्रेमवर्कमा हालेको थियो । 
जुन बैंकको आम्दानी छैन, खराब कर्जा बढिरहेको छ भने भारतीय केन्द्रीय बैंकले पीसीएमा राख्ने गरेको छ । यसभन्दा पहिला लक्ष्मी विलास बैंक र इडियाबुल्स हाउजिङ फाइनान्ससँगको मर्ज समेत रद्द गरिदिएको थियो । हाल लक्ष्मी विलास बैंकका ५६९ वटा शाखा, १०४६ वटा एटिएम र इडियाबुल्स हाउजिङ फाइनान्सका २२० वटा शाखा रहेका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: