Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंक र प्रहरीको सहकार्यमा उपत्यकामा हात धुने व्यवस्था

अर्थ सरोकार

काठमाडौं – माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ । यससँगै काठमाडौं तथा भक्तपुरका १६ स्थानहरुमा हात धुन पाइने भएको छ ।
बैंकले आईतबारदेखि काठमाडौंको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरे तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौं तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै बैंकले काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको हो ।
विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुँदा बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो । बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्र अन्तगर्त पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ ।
बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै, बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गर्न समेत सम्पूर्ण ग्राहकहरुमा आग्रह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK