×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलईडी सूचना बोर्ड जडान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलईडी सूचना बोर्ड जडान

Artha Sarokar

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर एलईडी सूचना बोर्ड जडान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार उक्त कार्य गरेको हो । 
उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।
विकास बैंकले हाल १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी