
काठमाडौं – नबिल बैंकले २० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप गरिएको छ । बैंकले चैत २ गतेबाट जारी गरेको ऋणपत्रमा तोकेको समय सबै बिक्री नभएपछि लगानीकर्ताले अब चैत १६ गतेसम्म आवेदन दिन पाउने भएका छन् । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले जारी गरेको ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गरेको छ । यस ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्