×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभाका नवनियुक्त १८ सांसदहरुले यसरी लिए सपथग्रहण…! (हेर्नुहोस् फोटो फिचर)

PRIME CA

राष्ट्रियसभाका नवनियुक्त १८ सांसदहरुले यसरी लिए सपथग्रहण…! (हेर्नुहोस् फोटो फिचर)

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपथ्रहण लिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । 
मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो । रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । यद्यपी राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुगो लागेको छैन् । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन् । सपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् । यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ लिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: