Skip to content
LAXMI SUNRISE BANK

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लियो, धन्न मानवीय क्षति भएन…

अर्थ सरोकार

१५ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको विमानमा अवतरणका क्रममा समस्या आएको हो ।
विमानमा रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिए । उक्त घटनापछि स्वाव कलेक्सनका लागि नेपाल एयरलाइन्सले अर्को ट्विनेटर विमान पठाउन लागेको छ ।

‘घटना भइसकेपछि त्यो विमान आउने अवस्था रहेन, त्यसैले साढे १ बजे अर्को विमान त्यसतर्फ पठाउँदै छौ, विमानमा के कस्तो क्षति पुगेको छ भन्ने अझै जानकारी आइसकेको छैन,’ निगमकी प्रवक्ता अर्चता खड्काले जानकारी दिइन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK