×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्वारा श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकद्वारा श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग

Artha Sarokar

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो ।
मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी