×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकलाई खुसीको खबर, अब अकामा होटलमा २० प्रतिशतसम्म छुट पाइने !

LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका ग्राहकलाई खुसीको खबर, अब अकामा होटलमा २० प्रतिशतसम्म छुट पाइने !

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकको लागि खुसीको खबर ल्याएको छ । बैंक र होटलबीच भएको समझदारीले अब धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा एनआईसीका ग्राहकका लागि २० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।
ग्राहकका साथै बैंकका कर्मचारीहरूलाई पनि उक्त योजना छुट हुने व्यवस्था गरिएको छ । समझदारी भने एक वर्ष अवधिको लागि लागू हुनेछ । यसैगरी ग्राहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी