×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटल तेश्रो वर्ष पुरा, नयाँ ग्राहकलाई विशेष छुट

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया क्यापिटल तेश्रो वर्ष पुरा, नयाँ ग्राहकलाई विशेष छुट

२३ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

कठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले फागुन २२ गते संचालनमा आएको तीन वर्ष पुरा गरेको छ । संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट एण्ड बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । 
मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्धामा रहदा समेत एन आई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमा यस्ता उपलब्धी हाशिल गर्न सफल भएको छ । 
क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धीहरु:
–मर्चेण्ट बैंकरहरु मध्ये पहिलो आइएसओ ९००१ः२०१५ सर्टिफाइड क्यापिटल 
–निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता 
–लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको 
–नेपालमै पहिलो पटक क्ष्एइ ३७ घन्टमा बाँडफाँट गर्न सफल 
–सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको 
–शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको 
–म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । 
साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलमुखी सामुहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको क्यापिटलले जनाएको छ ।
साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि ०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । 
यसको साथै ०७६ साल फागुन २२ गते देखि मिति ०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: