काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी(एमओयू) भएको छ ।
समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका छन् । यो योजना एक वर्षको लागि लागू हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् ।
उक्त समझदारी बमोजिम यस बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल ३१९ शाखा कार्यालयहरु, ४५५ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्