काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाण्डौस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५% सम्म छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा बैंक र होटलबीच समझदारी भएको हो। यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ।
समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका छन्। उक्त समझदारीबमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले होटलको फुड, बेभरेज, स्पा तथा लाउन्ड्री सेवाहरू प्रयोग गरेबापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन्। साथै यस बैंकका कर्मचारीलाई पनि सोही योजनाअनुसारको छुट उपलब्ध हुनेछ।
यसैगरी बैंकका ग्राहकले देशभरका २ हजार ४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्