Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एसिया रेमिट र लेगल रेमिटबीच सम्झौता, विप्रेषण कारोबार सुरु

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।
सम्झौता पश्चात् अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लेगल रेमिटबाट रकम पठाएर बैंकको एनआईसी एसिया रेमिटमार्फत् तुरुन्त रकम भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।
विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।
लेगल रेमिटमार्फत् अष्ट्रेलियामा रेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने पाण्डेले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK