Skip to content
LAXMI SUNRISE BANK

‘साथी’लाई दु:ख पर्दा ‘साथी’को सहयोग : एनआईसी एशिया बैंकद्धारा मजदुरलाई खाद्यान सामाग्री वितरण

अर्थ सरोकार

काठमाडौं । लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । 
यसै सन्दर्भमा आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । 
बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK