×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला प्रशासन कार्यलय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जिल्ला प्रशासन कार्यलय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

Artha Sarokar

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनुषा । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जनकपुरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँगको समन्वयमा विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले धनुषा जिल्ला प्रशासन कार्यलयमा सेवा विस्तार गरेको हो । 
जिल्ला प्रशासन कार्यलय धनुषामा स्थापित एक्स्टेन्सन काउण्टरको धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले एक समारोहकाबीच उदघाटन गरेका हुन् । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । 
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी