
काठमाडौँ । काभ्रेको बनेपामा दुई होटल सञ्चालक र तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ‘छापा मार्ने क्रममा यौन क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएका छौँ,’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले भने । प्रहरीले बनेपा नगरपालिका ८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र बनेपा ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजीव मानन्धरलाई पक्राउ गरेको हो।
‘बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ’, प्रहरी निरीक्षक तिमिल्सिनाले भने, ‘यसअघि पनि बनेपा पुलबजारमा सञ्चालनमा रहेको सेभेनडेज खाजाघरमा यौन कार्य भएको पाइएपछि कारबाही गरेका थियौँ,’ हाल त्यो खाजागर बन्द छ।’ बनेपामा यौनधन्दा सञ्चालन गर्ने होटलको संख्या करिब २० जति रहेको प्रहरीको अनुमान छ ।
सहकारीको जागिर छोडेर यौन धन्दामा !
बनेपामा यौन पेशामा लाग्ने अधिकांस थोरै पढेकाहरु छन् । तर केहि भने स्नातक सकेका, स्नातकोत्तर गर्दै गरेकाहरुसम्म पाइएको छ । यसैबीच प्रहरीले हालै पक्राउ भएकी एक महिला बनेपाकै एक सहकारीकि पूर्व कर्मचारी भएको खुलेको छ । सहकारीको जागिर छोडेर उनी यो पेशामा लाग्नुको कारण भने तलव कम भएको र यौन पेशामा राम्रो पैसा आउने गरेको बयान उनले यसअघि दिएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्