काठमाडौं – प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि सुरु हुने भएको छ । बैंकले जारी गरेको सूचनामा दुई बैंक बिच फाल्गुण २९ गतेबाट प्राइम बैंकको नाममा एकिकृत कारोबार हुने भएको हो ।
राष्ट्र बैंकको फाल्गुण १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत लिएको सूचनामा उल्लेख छ । दुवै बैंकको पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कैलाशका सेयरधनीले उनीहरुको १०० कित्ता सेयर बराबर अब प्राइमको नाममा ९४ कित्ता पाउनेछन् ।
यस्तै, एकीकृत कारोबारका लागि एउटै सफ्टवेयरबाट व्यवस्थापन मिलाउनुपर्ने भएकाले दुवै बैंकको फागुन २८ गते १ दिन दुवैको एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने छ ।
यता, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको मर्जर रोक्न मुद्दाको तयारी भइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्