काठमाडौं – प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि सुरु हुने भएको छ । बैंकले जारी गरेको सूचनामा दुई बैंक बिच फाल्गुण २९ गतेबाट प्राइम बैंकको नाममा एकिकृत कारोबार हुने भएको हो ।
राष्ट्र बैंकको फाल्गुण १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत लिएको सूचनामा उल्लेख छ । दुवै बैंकको पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कैलाशका सेयरधनीले उनीहरुको १०० कित्ता सेयर बराबर अब प्राइमको नाममा ९४ कित्ता पाउनेछन् ।
यस्तै, एकीकृत कारोबारका लागि एउटै सफ्टवेयरबाट व्यवस्थापन मिलाउनुपर्ने भएकाले दुवै बैंकको फागुन २८ गते १ दिन दुवैको एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने छ ।
यता, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको मर्जर रोक्न मुद्दाको तयारी भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्