×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल !

Artha Sarokar

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ ।  बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । 
बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १५ लाख कित्ता परिपत्र विधिबाट र १० लाख कित्ता सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्रीका गर्ने बैंकले जनाएको छ । ६ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.२० प्रतिशत हुने र ६/६ महिनामा व्याज भुक्तानी हुनेछ ।
बैंकले उक्त ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र निष्काष्न तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंककोे तर्फबाट प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी