
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लि. गल्छी शाखाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धादिङ्गको गल्छी स्थित जनजागरण मा.वि. प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनी र अभिभावकहरुलाई समेत राखि उक्त कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रम गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना भाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्दै त्यसबाट कसरी सुरक्षित रहने सम्बन्धी जानकारी दिए । साथै, स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरछिमेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सञ्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गल्छी गा.पा.वडा न.४ का बडा अध्यक्ष एवम् विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका राजु अधिकारीले साग्रिला डेभलपमेन्ट बैंकको शाखा गल्छीले बिश्वब्यापी रुपमा फैलिरहेको यो कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिदै उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे । बरु त्यसका लागि आफु जुन सुकै किसिमको सहयोग गर्न पछि नपर्ने प्रतिबदता ब्यक्त गरे ।














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्