काठमाडौँ – सर्वोच्च अदालतले जापान, दक्षिण कोरिया, बहराइन, इरान लगाएतका मुलुकबाट आउने विमानलाई रोक लगाएको छ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेपछि अदालतले विभिन्न मुलुकबाट आउने विमानलाई नेपाल आउन रोक लगाएको हो। अदालतले सर्वोच्चमा परेको रिट निवेदनको सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।
चीनको वुहानमा भेटिएको कोरोना भाइरस अहिले विश्वभर फैलिने क्रममा रहेको छ । सरकारले यसअघि ४ फागुनमा वुहानबाट १७५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याएका थियो । उनीहरुमा कोरोनाको संक्रमण नभेटिएको पुष्टि भएको छ ।
केही दिन अघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको जनाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्