
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पनि कोरोना कोषलाइ ५० लाख रुपैयाँ दिने भएको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बोर्डले पनि ५० लाख रुपैयाँ सहयोग गरिने निर्णय गरेको हो ।
सरकारले सरकारी, गैरसरकारी तथा निजी संस्थाहरु सहयोग गर्न आग्रह गरेसँगै बोर्डले सरकारको आग्रहलाइ ध्यानमा राख्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । साथै सरकारले यस घडीमा चालेको रोग नियन्त्रणको अभियानमा आ–आफ्नो तर्फबाट समेत सहयोग पु¥याउन पुँजीबजारका सबै सहभागी नेप्से, सीडीएसी, क्रेडिट रेटिङ संस्थाहरू, मर्चेन्ट बैंकरहरू, धितोपत्र दलाल व्यवसायी, आस्वा सदस्यहरू तथा सूचीकृत कम्पनीलगायत संस्थालाई सो खातामा सक्दो रकम जम्मा गरी सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सरकारले ५० करोड राखिसकेको छ भने मन्त्री तथा सांसदहरुले पनि एक महिनाको तलब योगदान गर्ने घोषणा गरिसकेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्