Skip to content
LAXMI SUNRISE BANK

सेयर कारोबार आइतबारदेखि नगर्न लगानीकर्ता संगठनहरुले जारी गरे यस्तो अपिल

अर्थ सरोकार

काठमाडौं – आइतबारदेखि सेयर कारोबार नगर्न  लगानीकर्ताका ५ वटै संगठनहरुले संयुक्त रूपमा अपिल जारी गरेका छन् । यो सेयर कारोबार अत्यावश्यक सेवा भित्र नपरेकाले लगानीकर्ता संगठनले लगानीकर्तालाई उक्त कारोबार नगर्न अपिल गरेका हुन्।  
विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका थिए । र सरकारले एकै ठाउँ २५ जनाभन्दा बढी मान्छे भेला हुन् नपाउने पनि निर्णय गरेका थिए । यस अनुसार सेयर कारोबार अत्यावश्यक भित्र नपरेको र २५ जनाभन्दा बढी भेला भएर कारोबार गर्ने स्थल भएकाले यो सेवा बन्द गरिनुपर्ने लगानीकर्ताको भनाई रहेको छ । 
उनीहरुले सरकारको निर्णय अन्तर्गत आज चैत ९ गते आइतबारदेखि चैत २१ गतेसम्म कारोबार नगर्न आग्रह गरेका हुन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK