काठमाडौं – सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिँदा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्