×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा २०% छुट

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा २०% छुट

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच सम्झौता भएको छ ।
सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशतसम्मको छुट पाउने छन् । साथै, बैंकका ग्राहकहरुले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् ।
हाल बैंकले १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: