Skip to content
LAXMI SUNRISE BANK

दाङको घोराहीमा सिद्धार्थ बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ बैंकले दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको थियो ।
व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।
बैंकले साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । बैंकले देशभर १८२ वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत बैैकिङ्ग सेवा दिंदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK