
काठमाडौँ । नेपालमा विभिन्न निजी अस्पतालले कोरोनाको आशंका गरिएका विरामीलाई भर्ना लिन नमानेका समाचारहरु बाहिरिएका छन् । तर यहि प्रकृतिको काममा स्पेन सरकारले सम्पूर्ण नीजि स्वास्थ्य संस्था राष्ट्रियकरण गरेको छ । कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको अवस्थामा नीजि अस्पतालहरुले उपचार गर्न आनाकानी र लापर्वाही गरेपछि स्पेन सरकारले सम्पूर्ण अस्पतालहरुलाई राष्ट्रियकरण गरेको हो ।
कोरोनाभाइरसविरुद्ध लड्न सम्पूर्ण अस्पतालहरुलाई राष्ट्रियकरण गर्न आवश्यक भएएको स्पेन सरकारले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री पेन्ड्रो सान्चेजको निर्देशनमा स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले सबै नीजि अस्पतालहरु राष्ट्रियकरण गरेको घोषणा गरेका हुन् । साल्भाडोरले कोरोनभाइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्न नीजि अस्पतालाई राष्ट्रियकरण गरेको बताएका छन्।
सो घोषणासँगै स्वास्थ्यमन्त्री साल्भाडोरले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्याउन आग्रह गरेका छन् । स्पेनमा कोरोना तीब्र रुपमा फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म ५६ हजार २ सय जनामा कोरोन संक्रमण भएको पुष्टी भएको छ भने ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ । स्पेनले यसअघि नै राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिसकेको छ । स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ । नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधिजस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।
यसैबीच प्रधानमन्त्री सान्चेजले नागरिकको सुरक्षाको लागि सबै कदम चालिरहेको बताएका छन् । उनले महामारीको गति सुस्त बनाउदै नियन्त्रण गर्ने कदम चालिरहेको बताए । प्रधानमन्त्री सान्चेजकी पन्ती बेगोना गमेजलाई पनि कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । नेपाल सरकारले पनि यस विषयमा सोच्ने कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्