×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमामा नेपालीको नाराबाजी ‘आफ्नो जनता फिर्ता लेउ’, सरकारलाई किन दुख्दैन सुदुरपश्चिम…?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सीमामा नेपालीको नाराबाजी ‘आफ्नो जनता फिर्ता लेउ’, सरकारलाई किन दुख्दैन सुदुरपश्चिम…?

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । आफ्नै देशका नागरिकहरु सीमामा नारा लगाईरहेछन् । उनीहरुको माग आफ्नै देशमा पस्नुबाहेक केहि छैन । तर देशलाई दुख्दैन उनीहरुको पीडा । र त भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरेर फर्किएका साढे तीनसय बढि नेपालीले नेपाल आउनुपर्ने माग गर्दै सीमा क्षेत्रमै नाराबाजी गरेका छन् । उनीहरुको माग फगत यति छ -तीन दिनदेखि धारचुलामा अलपत्र परेका नेपालीहरुले आफ्नो देश  फर्कनुपर्यो । 
धारचुलास्थित पूल नजिकैबाट नेपालतर्फ फर्केर उनीहरुले ‘नेपालको नाका खुला गर’, ‘आफ्नो जनता फिर्ता लेउ भन्दै’ नाराबाजी गरेका छन्।’ भारतका होटलहरुमा समेत बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले जनाएका छन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी