×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र ओलिज स्टोर प्रा.लि. बीच सम्झौता, बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

LAXMI SUNRISE BANK

सनराइज बैंक र ओलिज स्टोर प्रा.लि. बीच सम्झौता, बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने भएका छन् । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रा.लि. बीच उक्त सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् ।
यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतीय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले हाल २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी