×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको अवधि काटिएको हवाई टिकटको पैसा फिर्ता हुँदै, ७ दिनको ब्याज भने व्यवसायीलेनै कुम्ल्याए !

PRIME CA
GLOBAL IME BANK

लकडाउनको अवधि काटिएको हवाई टिकटको पैसा फिर्ता हुँदै, ७ दिनको ब्याज भने व्यवसायीलेनै कुम्ल्याए !

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लकडाउनको अवधिमा काटिएको हवाई टिकटको पैसा फिर्ता हुने भएको छ । आन्तरिक वायुसेवा कम्पनीहरुले लकडाउनको अवधिमा काटिएको हवाई टिकटको पैसा फिर्ता गर्ने जनाएका छन् । कोरोना भाइरस (कोभिड-१९)ले महामारीको रुप लिएपछि त्यसबाट बच्न नेपाल सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि देश लकडाउन गरेको थियो । तर नेपालमै कोरोना भाइरसको पुष्टि भएसँगै सरकारले पुन: लकडाउनको अवधि थप गरी २५ गतेसम्म लकडाउन हुने जनाएको छ । 
लकडाउनको पहिलो निर्णय अघिनै वायुसेवा कम्पनीका टिकट बिक्रि भएका थिए । सरकारले फेरी लकडाउनको अवधि थपेपछि आन्तरिक उडानसमेत प्रभावित बनेको छ । बुद्ध एयरले २६ चैतपछि टिकटको पुरै पैसा फिर्ता हुने जानकारी गराएको छ । यति एयरलाइन्सले समेत यस अवधिमा काटेको टिकटको पुरै पैसा फिर्ता हुने जनाएको छ । वा यात्रुले यात्राको पुनतालिका गर्न सक्ने भएका छन् । यसका लागि पनि यात्रुले २६ चैतसम्म भने कुर्नु पर्नेछ । 
टिकट काटेकाहरुले कम्पनीको कार्यालय वा टिकट खरीद गरेको एजेन्सीमार्फत टिकट फिर्ता लिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: