
मंगलबारदेखि शुक्रबार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार झन्डै ३ लाख २५ हजार १ सय ६४ जना मानिसहरूले उपत्यका छोडेका छन् । तथ्यांक हेर्दा यो संख्या अझै बढ्ने देखिन्छ। उपत्यकाबाट बाहिरिनेको चाप बढेपछि टिकटमासमेत कालोबजारी सुरु भईसकेको छ । शुक्रबार मात्र प्रहरीले तोकेको भन्दा धेरै टिकट लिने २३ जनालाइ पक्राउ गरेको थियो ।
यस्तै एसईई परिक्षा स्थगित गरेको छ भने विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । लोक सेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएको थियो भने सर्वसाधारणलाई भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । मनकामना केबुलकारले पनि सेवा बन्द गरिएको छ। सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको थियो । कोरोना प्रभावित ६६ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।