×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसनबीच सम्झौता, बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसनबीच सम्झौता, बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । 
बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
लोन अटोमेसन सिस्टमको माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ । 
लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन(ऋण) वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ ।
एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी