×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् : सहकारीमन्त्री अर्याल (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार

PRIME CA

आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् : सहकारीमन्त्री अर्याल (भिडियो रिपोर्ट)

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउनुभएको हो । सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुसलतापुर्वक पुरा गरी महिलाहरु सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेसिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताउनुभयो । उहाँले अझैपनि निर्णय गर्ने ठाउँमा महिलाहरु पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताउनुभयो । उहाँले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताउनुभयो ।
सांसद चन्दा चौधरीले विभिन्न पार्टी भित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दा सम्म महिला अधिकारको सुनिस्चितता नहुने बताउनुभयो ।
अभिनेत्री रेखा थापाले पुरुषहरुको दबदवा भयो, महिलाहरु कोटामा मात्रै भन्ने महिलाहरुले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौति दिनुभयो । उहाँले सदनका महिला देखि सडकका महिलाहरु ताली पड्काउन र दर्शकको रुपमा मात्र काम गरेकाले महिलाहरु सँधै पछाडि परेको बताउनुभयो ।
कार्यक्रममा महिलाहरुको हक हितका लागि नेतृत्वतहमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका थिए । उनिहरुले देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको उल्लेख गर्दै त्यसका लागि आफुहरु सँधै लडिरहने प्रतिवद्धता समेत जनाए । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: